
भरतपुर, १७ जेठ । नेकपा एमालेले बिहीबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता गरेको छ ।
भरतपुरमा तत्काल मतगणना सुरु गर्न माग गर्दै एमालेले बिहीबारका लागि आह्वान गरेको बन्द फिर्ता लिने घोषणा गरेको हो । जनताले बन्द नगर्न दिएको सुझावको उच्च कदर गर्दै बन्द फिर्ता लिइएको नेकपा एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले दैनिक नेपाललाई जानकारी दिए ।
भरतपुर महानगरपालिकाको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा आइतबार राति मतपत्र च्यातिएको थियो । अहिले मतपत्रलाई प्रहरीले सुरक्षा दिएर राखेको छ । मतपत्र च्यात्ने दुई जना माओवादी अझै प्रहरी हिरासतमा छन् ।












प्रतिक्रिया