काठमाडौं, १७ जेठ । महिन्द्रा गाडीहरूको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय कम्प्याक्ट् एसयूभी महिन्द्रा केयूभी हन्टड्रे (द यंग SUV)गाडीहरूको नयाँ मोडल नेपालमा ल्याएको छ ।
नयाँ केयूभी हन्ड्रेडले आकर्षक एसयूभी स्टाइलका साथै नयाँ प्रिमियम तथा एक्स्ट्रा फ्रन्ट स्पेश भएको झनै स्पेशियस इन्टिरियर पनि प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
गाडीले ग्राहकहरूलाई उत्कृष्ट डिजाइन, आरामदायी झनै बढि इन्टिरियर स्पेश तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याचब्याक गाडीको मूल्यमा एसयूभी गाडीको अनुभव प्रदान गराउनेमा कम्पनी विश्वस्त छ ।
यी स्टाइलिश गाडीहरू Pearl White, Aquamarine, Dazzling Silver, Flamboyant Red, Fiery Orange तथा Designer Grey का आकर्षक रंगहरूमा बजारमा उपलब्ध हुने छन् ।
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरू समक्ष सफतापूर्वक पु-याउँदै आएको छ । आफ्ना सेवाहरू सञ्चालन गर्दै आएकोछ ।















प्रतिक्रिया