ओखलढुंगा, १७ जेठ । ओखलढुंगा जिल्लामा नेकपा (माओवादी केन्द्र)का वडा सदस्यका उम्मेदवार एमालेमा प्रवेश गरेका छन् ।
सिद्धिचरण नगरपालिका वडा नं. ५ का वडा सदस्यका उम्मेदवार थकप्रसाद दाहाल एमालेमा प्रवेश गरेका हुन् । दाहालसहित माओवादी केन्द्र र कांग्रेसका दर्जन बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार दाहाललाई एमालेका महासचिव ईश्वर पोखरेलले टीका लगाएर प्रवेश गराएका हुन् ।
एमालेमा प्रवेश गरेका दाहालले अब चुनावमा प्रतिस्पर्धा नगर्ने बताए । उनले भने, ‘म उम्मेदवार बन्दैन । एमालेको उम्मेदवारलाई सहयोग गर्छु ।’












प्रतिक्रिया