२१ कार्तिक २०८३, शनिबार

नुवाकोटमा गोबिन्द बियोगी अध्ययन केन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १७ जेठ । नुवाकोटस्थित ६५ सय उचाइँमा रहेको हरियाली डाडो सूर्यचौरमा सम्पादक समाजका संस्थापक अध्यक्ष एवं बरिष्ठ पत्रकार गोबिन्द बियोगीको स्मरणमा गोबिन्द बियोगी अध्ययन केन्द्र बन्ने भएको छ ।

सम्पादक समाजले संस्थापक अध्यक्ष बियोगीको सम्मानमा अध्ययन केन्द्रका लागि भबन निर्माण कार्य अगाडि बढाउने गरी डेढ रोपनी जग्गा खरीद समेत गरेको छ । नगरकोटभन्दा पनि उचाइँमा रहेको सो ठाउँबाट काठमाडौंको शहर समेत देख्न सकिन्छ ।

चक्रपथ टोखाबाट जम्मा ११ किलोमिटर दुरीमा रहेको शिबपुरी गाउँपालिका बडा नं ७ स्थित सुर्यचौरको जमीनमा बनाइने आकर्षक भबनलाई पत्रकारिता आबास केन्द्रको रुपमा बिकास गर्ने योजना रहेको सम्पादक समाजका अध्यक्ष पुरु रिसालले जानकारी गराउनु भएको छ ।

भबन निर्माण प्रारंभ गर्ने तयारीका सन्दर्भमा राजधानीबाट सम्पादक समाजको कार्यसमिति र केही बरिरष्ठ पत्रकार अबलोकन गर्न जादा सो ठाउँबाट निर्बाचित बडा अध्यक्ष माधब भेटवालले स्वागत गर्दै गोबिन्द बियोगी पत्रकारका मात्र नभएर राष्ट्रकै धरोहर एवं स्वयं सस्था भएकोले उहाँको स्मरणमा आफ्नो रमणीय गाउँमा गोबिन्द बियोगी अध्ययन केन्द्र बन्न लागेकोमा सिगो नुवाकोटबासी नै प्रशन्न भएको बताउनु भएको छ ।

उहाले अध्ययन केन्द्र निर्माणका सन्दर्भमा आफ्नो गाउपालिकाले प्रभाबकारी सहयोग गर्ने र सूर्यचौर जाने सडकलाई गोबिन्द बियोगी मार्ग बनाउन आफुले प्रस्ताब लैजाने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

सो ठाउँमा जग्गा खरिद गर्नेदेखि लिएर हरेक कार्यमा प्रभाबकारी सहयोग गर्दे आउनु भएका गोबिन्द बियोगीका सुपुत्र एवं गोबिन्द बियोगी ट्रष्टका अध्यक्ष किरण बैधले वुवाले नेपाल पत्रकार सघ (अहिलेको महासंघ)को अध्यक्ष हुँदा जसरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पहिलो पटक पत्रकारहरूको सगठन बिस्तार गरी ऐतिहासिक कार्य गर्नुभयो ।

त्यसैगरी अब गोबिन्द बियोगी अध्ययन केन्द्र पनि पत्रकारहरुकै लागि भएकोले भवन निर्माणका लागि सबै क्षेत्रको सहयोग हुने अपेक्षा गर्नुभएको छ ।

इञ्जिनियर ज्ञानेन्द्र देबकोटाद्धारा तयार पारिएको नक्सालाई सम्पादक समाजको कार्यसमितिले पारित गरिसकेको र अब दुइ चरणमा गरी भवन निर्माण गर्ने तयारी भएको समाजका महासचिब श्याम डोटेलले जानकारी गराउनुभएको छ ।

महासचिब डोटेलका अनुसार गोबिन्द बियोगी अध्ययन केन्द्रको परिसरमा गोबिन्द बियोगीको अर्धकदको शालिक र बिश्राम स्थल रहनेछ भने माथिल्लो भागमा तालिम हल बिधुतीय पुस्तकालय र एटेच बाथरुम सहितको सुबिधा सम्पन्न १६ वटा आबास कक्ष किचेन डाइनिङ र शौचालय रहनेछन ।

रिसोर्ट आकारकै अध्ययन केन्द्र बन्ने र त्यसपछि पत्रकारिता अध्ययन गर्ने , पुस्तक लेख्ने देखि राजधानीमा काम गर्दा गर्दे थकित भएका बेला पत्रकारहरु र अन्य सबैका लागि त्यहा रिफ्रेस हुने खालको भवन बनाउने गरी तयारी भएको छ ।

करिब ५ करोड खर्च लाग्ने सो अध्ययन केन्द्रका लागि राज्य लगायत अन्य सबै पक्षबाट सहयोग हुने बिश्वास आफुले लिएको बैधले बताउनुभएको छ ।

५० जनाभन्दा बढी क्षमता भएको बैठक कक्ष बन्ने भएकोले ५०–६० जना सहितको महत्वपुर्ण बैठक , तालीम , प्रशिक्षण संचालनका लागि उपयोगी हुने र पत्रकारहरुका लागि बिशेष सुबिधा पनि दिने लक्ष्य रहेको महासचिब डोटेललले बताउनुभएको छ ।

उहांका अनुसार यसैबर्ष देखि निर्माण कार्य प्रारंभ गरिने भएको छ । पत्रकारितासंग सबद्ध सस्थाले आफै जमीन खरीद गरेर निर्माण कार्य गर्न लागेको यो पहिलो भएको दाबी गरिएको छ ।

इण्टरनेट , कम्युटर लगायत सम्पुर्ण प्रबिधिको सुबिधा भएको अध्ययन केन्द्र बन्न लागेकोले त्यहा जादा कसैले पनि ल्यापटप पनि बोकेर जान पर्ने छैन । जग्गा खरीद गोबिन्द बियोगीका परिबार खासगरी किरण बैधको सहयोग रहेको सम्पादक समाजले जनाएको छ ।

सो अबसरमा बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्डअफ डाइरेक्टर टंक पन्तले बहुदलीय ब्यबस्था पुनस्र्थापनाका लागि लोकप्रिय मातृभुमि साप्ताहिकमार्फत गोबिन्द बियोगीले खेलेको अतुलनीय रहेकोले नुवाकोटको सुर्यचौरमा भन्न लागेको गोबिन्द बियोगी अध्ययन केन्द्रले उहालाई मात्र आम पत्रकारहरुको सम्मान हुने बताउनु भएको छ ।

गोबिन्द बियोगीसंग पनि काम गर्नुभएका बरिष्ठ पत्रकार पन्तले अहिले पत्रकारिताको बिकास संख्यात्मक रुपमा बिकास भएको छ तर त्यतिबेला सख्या कम भएपनि पत्रकारले लेखे पछि धेरै क्षेत्र सजग हुने गथ्र्यो त्यसैले त्यस्ता अग्रजको सम्मानका लागि हामी जस्ता पत्रकारहरुले गुणस्तरीय र ब्यबसायिकतालाई जोड दिनुपर्ने कुरा उल्लेख गर्नुभएको छ ।

गोरखापत्र दैनिकका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतले पत्रकारहरु अध्ययन , रिसर्च देखि अन्य लेखन कार्यका लागि एकान्त र अति रमाइलो शान्त ठाउ सुर्यचौरमा आएर आनन्द लिन सक्ने अबस्था यो भबन बनेपछि हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।

सम्पादक समाजका सचिब एवं राइजिङ नेपालका बरिष्ठ सहसम्पादक नारायण उपाध्यायले सम्पादक समाजले गर्न खाजेको यो काम उदाहरणीय हुने बताउनुभएको छ ।