२१ कार्तिक २०८३, शनिबार

निर्माण सञ्चारको अध्यक्षमा एमाले नेता अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । निर्माण सञ्चार मिडिया प्रालिको अध्यक्षमा पूर्वमन्त्री एवं एमाले नेता खगराज अधिकारी चयन हुनु भएको छ । राजधानीको चावहिलस्थित कार्यालयमा आज एक विशेष समारोहका बीच उहाँले पदभार ग्रहण गर्नुभयो ।

कार्यक्रममा युवा संघ अध्यक्ष राजीव पहारीले निर्माण जगतको क्षेत्रमा नयाँ अभियान सुरु गरेकोमा धन्यवाद दिंदै आगामी दिनको शुभकामना ब्यक्त गर्नुभयो । उहाँले देशको अबको एजेण्डा बिकासको भएको हुँदा बिकास र समृद्धि केन्द्रीत समाचार पस्किने अभियान नौलो र राष्ट्रिय जिम्मेवारीप्रति दायित्व बोध भएको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खगराज अधिकारीले आगामी दिनमा यो मिडियालाई नयाँ स्वरुपमा अगाडि बढाइने बताउनुभयो । उहाँले नेपालको राजनीतिक घटनाक्रमको यथार्थ चित्रण र विकासको अभियानको संयोजनको रुपमा मिडिया अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा युवा संघ नेपालका उपाध्यक्ष चन्द्र लामा, सचिव माधव बास्तोला सचिवालय सदस्य रमेश आचार्य, अजित लामा, सञ्जिव रोकाहा, नवराज खतिवडा लगायतको उपस्थिती रहेको थियो ।