गुल्मी, १६ जेठ । स्थानीय तहको निर्वाचनको मिति लगातार सर्दा उम्मेदवारलाई खर्च बढेकोमा चिन्तित बनेको छ । गत वैशाख ३१ गतेका लागि चुनावी तयारीमा जुटेका उम्मेदवार लगातार दुई पटक निर्वाचनको मिति सर्दा खर्च बढ्ने भन्दै चिन्तित बनेका छन् ।
वैशाख ३१ गतेबाट सरेर जेठ ३१ हुँदै असार ९ गतेका लागि नयाँ मिति तय भएपछि उम्मेदवारलाई चुनावी खर्च बढ्ने चिन्ता पर्न थालेको छ ।
जनतन खर्च जुटाएर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु खर्च बढने र चुनाव नहुने पो हो की भन्ने चिन्तित छन् ।
चुनाव आउन डेढमहिना अघिबाट प्रचारप्रसारमा उत्रिएका उम्मेदवारहरुलाई पटक–पटक मिति सरेपछी तोकिएको खर्चले नपुग्ने र नसोचेको खर्च बढने बताउछन् । निर्वाचनको मिति सरिरहदा उम्मेदवारलाई थप ऋणको भारि बोक्नु पर्ने हो की भन्ने चिन्ता पर्न थालेको छ ।













प्रतिक्रिया