२१ कार्तिक २०८३, शनिबार

यी हुन् गुल्मी कांग्रेसमा विवाद निकाल्ने ‘दुई भाई’

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ

गुल्मी, १६ जेठ । स्थानीय तहको चुनावका लागि गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको उम्मेदवार छनौटका विषयलाई लिएर कांग्रेसभित्र विवाद भएको छ ।

रेसुंगा नगरपालिकालाई कांग्रेसले आफ्नो पकड क्षेत्रभन्दै आएको छ । रेसुंगामा मेयर पदमा जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको चर्चा छ । श्रेष्ठले मेयरमा टिकट पाउने पक्का छ ।

तर, सभापति श्रेष्ठलाई रोक्न पार्टीभित्रकै अर्को समूह सक्रिय भएर लागेको छ । गुल्मी कांग्रेसका नेता शालिकराम पन्थीले श्रेष्ठको विरोध थालेका छन् । पन्थीले श्रेष्ठलाई रोक्नेभन्द उनीबिरुद्ध प्रचारवाजी गरेको आरोप कांग्रेस कार्यकर्ताहरूले लगाउन थालेका छन् ।

उम्मेदवार छनोट समितिले पार्टी सभापति श्रेष्ठलाई नै मेयरमा सिफारिस गरे पनि पन्थीले असन्तुष्टि जनाएका छन् । सभापति श्रेष्ठ गुल्मीमा सरल र सजिलो नेताका रुपमा चिनिन्छन् ।

छनौट समितिले पूर्वाग्रही निर्णय गरेको आरोप लगाउँदै पन्थी र कोषाध्यक्ष हरिबहादुर केसीले नोट अफ डिसेन्ट नै लेखेका छन् ।