काठमाडौं, १६ जेठ । नेपाल बक्सिङ संघले भावि कार्ययोजना र कार्य विवरण सार्बजनिक गरेको छ । मंगलबार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो कार्यविरण र आगामी दिनको योजनाहरु सार्बजनिक गरेको हो ।
संघले विर गणेशमान स्मृती राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता असारमा हुने जनाएको छ । असारकै पहिलो साता स्कुल बक्सिङ प्रशिक्षण कोर्स र युथ बक्सिङ कलेज कोर्स तथा राष्ट्रिय युथ च्याम्पियनसिप पोखरामा असोजमा हुने संघका अध्यक्ष राम अवालेले बताए ।
वार्षिक कार्यक्रम अनुसार कात्तिकमा बुढानिलकण्ठ र चैत्रमा झापामा खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता हुनेछ । संघले सन् २०१८ भित्र आफ्नै एकेडेमी बनाउने कार्य सुरु गर्ने जनाएको छ । जसअन्तर्गत कोचेज तथा रेफ्री ट्रेनिङ भावि कार्यक्रममा समावेश गरेको छ ।
त्यस्तै नेपालले थाईल्यान्ड,भियतनाम र भारतमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने छ । जस अनुसार थाइल्यान्डमा जुलाइ १ मा युथ बक्सिङ,भियतनामा नोभेम्बरमा एसियन इलाइट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुनेछ भने मित्रराष्ट्र भारतमा सेप्टेम्बरमा इन्डो नेपाल बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागीता रहनेछ ।
संघको प्रगति विवरणमा अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागीताका दौरान नेपाललाई उज्बेकिस्तान बक्सिङ फेडेरेसनको समन्वयनमा लाखौँ बराबरको बक्सिङ सामाग्री आउने संघका अध्यक्ष अवालेले बताए ।
संघले खेलको विकासका लागि विभिन्न देशसँग प्राविधिक क्षेत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको बताएको छ । आइबाले विकाशिल राष्ट्रहरुको विचमा नेपाललाई पनि राखेर आईबा हेड्स अफ प्रोग्राममा समावेश गरेको बताए ।
गत वर्ष संघले राष्ट्रिय रेफ्री तथा जर्ज रिफ्रेसर,चौथो राष्ट्रिय खुल्ला महिला र पुरुष बक्सिङ तथा प्रथम नोविस च्याम्पियनसिप लगायत कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
जसमा आइबा आइटिओ कोर्ष,आइबा युथ च्याम्पियनसिप,आइबा कंग्रेस,थाइल्यान्ड बक्सिङ च्याम्पियनसिप र एसियन बक्सिङ च्याम्पियनसिप लगायत अन्र्तराष्ट्रिय गतिविधीमा सहभागीता जनाएको संघका अध्यक्ष राम अवालेले उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्टले संघलाई छिटृै वैधानिक बाटोतर्फ डो-याउने जनाएको छ । उनले भने केही सामान्य कानुन अड्चन भएपनि परिषद्ले छिटृै वैधानिक पाउनेछ ।
सदस्यसचिव विष्टले १३ औँ साग र एसियाडका लागि पुर्ण रुपमा तयारी गर्न निर्देशन दिदैँ आवश्यक सहयोगका लागि राखेप सधै तयार रहेको विश्वास ब्यक्त गरे ।
सो अवसरमा राखेप सदस्यद्धय अर्जुन बहादुर केसी र सुदिल साही तथा संघको पुर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठ र एसियन विजेता दिपक महर्जन लगायतको उपस्थीती रहेको थियो ।















प्रतिक्रिया