काठमाडौं, १६ जेठ । रमजान पर्वको अवसरमा रेमिटेन्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरूमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीलाई घडी उपहारको व्यवस्था गरेको छ ।
योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरूले एउटा कुपन प्राप्त गर्नुहुनेछ । त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सक्नुहुनेछ । यो योजना यही मई २८ देखि जुलाई २८ सम्म दुई महिना लागू हुनेछ ।















प्रतिक्रिया