काठमाडौं, १५ जेग । सरकारले राप्ती उपक्षेत्रीय राष्ट्रिय विज्ञान प्रतिष्ठान गठनका लागि सैद्धान्तिक सहमति दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको राजनीतिक समितिको बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधयेक तर्जुमाका लागि सैद्धान्तिक सहमति जनाएको हो । उक्त विधयेक निर्माणका लागि आवश्यक पर्ने अवधारणा पत्रसमेत पारित गरेको छ ।
अवधारणा पत्र पारित भएसँगै राप्ती उपक्षेत्रीय अस्पताललाई पहिलो सरकारी मेडिकल कलेजको रुपमा परिणत गर्न ढोका खुलेको हो ।
समितिबाट सैद्धान्तिक सहमति आएपछि अब प्रतिष्ठानका लागि तयार भएको विधेयक मन्त्रिपरिषद मार्फत संसदमा जानेछ ।
संसदबाट विधेयक पारित हुनासाथ प्रतिष्ठानको पदाधिकारी नियुक्ति लगायतको काम हुनेछ ।












प्रतिक्रिया