२१ कार्तिक २०८३, शनिबार

काँग्रेसका वडा अध्यक्षका प्रत्यासी एमालेमा प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् ।

एमाले दाङका सचिवालय सदस्य देवराज विश्वकर्मा र वडा कमिटी अध्यक्ष सुमन पोखरेलले उनलाई पार्टी प्रवेश गराएका हुन् । काँग्रेसले स्थानीय तहको चुनावका लागि वडामा टिकट बितरण गर्दा पक्षपात गरेकाले आफू एमालेमा प्रवेश गरेको खड्काले बताए ।

पार्टीमा गरेको योगदानलाई कदर नगरी काँग्रेसले पैसामा टिकट बेचेकाले आफू निष्ठाको राजनीति गर्न एमालेमा प्रवेश गरेको उनले बताए । त्यसैगरी सोही वडामा काँग्रेसका क्रियाशील सदस्य भद्रबहादुर खड्का पनि एमालेमा प्रवेश गरेका छन् ।