काठमाडौं, १५ जेठ । अन्तर्राष्ट्रिय महिनावारी सरसफाई दिवस २०१७ का दिन २८ वटा विद्यालयका किशोरीहरूलाई सिनेटरी प्याड वितरण गरिएको छ ।
आइतबार नेपाल स्प्याल्स इन्टरनेशनलले किशोरीहरूलाई सिनेटरी प्याड वितरण गरेको हो । डोटेरा हिलिङ्ग ह्याण्डको सहयोगमा २८ वटा विद्यालयका किशोरीहरूलाई महिनावारी स्वास्थ्य सम्बन्धि तालिम र निःशुल्क पुनःप्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको हो ।
पहिलो पटक काठमाडौंका विभित्र क्षेत्रमा महिनावारी सरसफाइ दिवस मनाएर सिनेटरी प्याड वितरण गरिएको आयोजक संस्था ‘किशोरीहरूका दिन नेपाल’ले जनाएको छ ।












प्रतिक्रिया