भरतपुर, १५ जेठ । भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा भएको घटनालाई लिएर नेकपा (एमाले) चितनवले खेद व्यक्त गरेको छ ।
चितवन एमालेका अध्यक्ष कृष्णभक्त पोखरेलले छापामार शैलिमा भएको घटनाको विरोध गरे । उनले भने, ‘जनताको मताधिकारलाई त्यसरी दुरुपयोग गर्न मिल्ने । जनमतको कदर गर्न पनि मतगणना सुरु गुर्नपर्छ ।’
अध्यक्ष पोखरेलले मतगणना भइरहेको बेला माओवादीका जिल्ला अध्यक्षले नै कर्मचारीमात्र बस्ने ठाउँमा पुगेर मतपत्र खोसेर च्यातेको आरोप लगाए । ‘मतगणनास्थलमा माओवादीले केही गडबडी गर्दैछन् भन्ने सूचना हामीले सम्बद्ध पक्षलाई दिएका थियौं । अचानक मध्यरातमा छापामार शैलीमा मतपत्र च्यातियो’, उनले भने, ‘तत्काल मतगणना हुनुपर्छ । यो सत्ताको आडमा गरिएको अपराधिक कर्म हो ।’
एमालेले मतपत्र च्यात्ने माओवादी कार्यकर्तालाई कानूनी कारवाही गरी तत्काल मतगणना सुचारु गर्न माग गरेको छ । च्यातिएको मतपत्र छुट्टै राखेर बाँकी मतपत्रहरू गणना हुनुपर्ने अध्यक्ष पोखरेलले माग गरे ।
यसैबीच एमालेले मतपत्र च्यातिएको विरोधमा आजै भरतपुरमा विरोध सभा गर्ने जनाएको छ । भरतपुर महानगरपालिकाको मत गणना अन्तिम भएका बेला आइतबार राति दलकै प्रतिधिले मत्रपत्र च्यातेपछि मतगणना स्थगित गरिएको छ ।












प्रतिक्रिया