१ कार्तिक २०८३, आइतबार

लुम्बिनी कपमा बेबिलन सेमिफाइनल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेबिलन प्रथम लुम्बिनी कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

लुम्बिनी एकेडेमिक कलेजद्वारा आयोजित प्रतियोगितामा बेबिलनले गोल्डेनपिकलाई १७–११ ले पराजित ग-यो ।

ब्वाइजमै आ–आफ्नो खेल जित्दै ग्रिनल्यान्ड, ग्रेट माया र बोस्टन पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

ग्रिनल्यान्डले एसियन पब्लिकलाई १४–१२, ग्रेट मायाले गोल्डेन स्टेट वारियरलाई १९–१२ तथा बोस्टनले ड्याफोडिललाई १६–१४ ले हराए ।

सेमिफाइनलमा बोस्टनको भेट ग्रेट मायासंग हुनेछ भने बेबिलनले ग्रिनल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

गल्र्सको सेमिफाइनल क्याभिलियर्स र ग्रेट माया ‘ए’ तथा आयोजक लुम्बिनी र सुटरबीच हुनेछ । सेमिफाइनल र फाइनल सोमबार हुनेछ ।