९ मंसिर २०८३, बुधबार

विपी र महेन्द्र नारायणलाई विभुषण दिने सरकारको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । सरकारले कांग्रेस नेता स्वर्गीय विपी कोइरालालाई मरणोप्रान्त नेपाल रत्न विभुषणले सम्मान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले महेन्द्र नारायण नीधिलाई राष्ट्रिय गौरव मरणोपरान्त पदकले सम्मान गर्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

यसअघि सरकारले एमालेका स्वर्गीय नेता तथा पूर्व महासचिव मदन भण्डारीलाई मरणोप्रान्त नेपाल रत्न विभुषणले सम्मान गरेको थियो ।

बैठकले गणतन्त्र दिवसको अवसरमा ७ सय ५९ जना कैदी बन्दी रिहा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले गणतन्त्र दिवसको अवसरमा केही कैदी बन्दीको बाँकी कैद अवधि मिनाहा गर्ने निर्णय पनि गरेको छ ।