३१ आश्विन २०८३, शनिबार

भैरहवामा एउटा लाइसेन्समा दुई क्यासिनो सञ्चालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश के.सी.

भैरहवा, १४ जेठ । भैरहवामा एउटा मात्र क्यासिनो सञ्चालन गर्ने गरी अनुमति लिएको हयाप्पी आवर प्रालिले २ वटा सञ्चालन गरेको खुलासा भएको छ ।

हयाप्पी आवरले आफै होटल लाकौंल र होटल नान्समा रुपा इन्टरनेशनलमार्फत क्यासिनो सञ्चालनमा छन् । हयाप्पी आवरले नेपालमा ४ ठाउँमा क्यासिनो सञ्चालन गर्ने अनुमति पाएको छ ।

उसले झापा, नेपालगञ्ज र महेन्द्रनगरमा पहिलेदेखि सञ्चालनमा छन् । भैरहवामा कानूनसंगत एक ठाउँमा मात्रै क्यासिनो सञ्चालन हुनु पर्ने हो । दुई स्थानमा क्यासिनो सञ्चालन भएपछि सञ्चालकहरूबीच नै विवाद चुलियो ।

विवादकै कारण क्यासिनो तत्काल बन्द गर्न सर्वोच्च अदालतले २०७४ वैशाख २४ गते उत्प्रेषण परमादेश जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख २५ गते सर्वोच्च अदालतको पत्र नायव सुब्बा माधबप्रसाद घिमिरेले पत्र बुझेका हुन् ।