९ मंसिर २०८३, बुधबार

कांग्रेस, एमाले, माओवादी र राजपाबीच वार्ता, प्याकेजमा सहमति खोज्ने प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस, एमाले, माओवादी केन्द्र राजपा नेपालका शीर्ष नेताहरूबीच वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्ता दोस्रो चरणको स्थानीय तहको निर्वाचन र राजपा नेपालका मागका विषयमा छलफल हुनेछ राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले शनिबारको शीर्ष बैठकमा प्याकेजमा सहमति खोज्नुपर्ने भन्दै आजका लागि बैठकको समय तोकेका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, राजपा नेपालका संयोजक महन्त ठाकुरलगायतका शीर्ष नेताहरू सहभागिता रहेको छ ।