प्यूठान, १४ जेठ । प्यूठान जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा परित्याग गरेर झण्डै दुई सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्यूठानको भिङ्ग्रीमा आइतबार आयोजित चुनावी सभामा एमालेसहितका पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले विभिन्न दल परित्याग गरेर आएका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
चुनावी सभामा कांग्रेसका नेता डा.कोइरालाले दोस्रो चरणको चुनावमा कांग्रेसप्रति सर्वसाधारणको आकर्षण बढिरहेको बताए । उनले कांग्रेसलाई मतदान गर्न पनि अपील गरेका छन् ।











प्रतिक्रिया