बाँके, १४ जेठ । नेपालगञ्जको धम्बोजी चोक नजिक रहेको एक पसलमा आगलागी भएको छ । श्रेया इन्टरप्राइजेजमा आगलागी भएको हो ।
दमकलसहित स्थानीय र सुरक्षाकर्मीले आगो निभाउने प्रयास जारी राखेका छन् । कार्पेट, फर्निचर पसलबाट लागेको आगो अन्यत्र फैलिइरहेको छ ।
नजिकैको होटलमा मान्छे रहेको आशंकामा प्रहरीले उद्धार गरिरहेको छ । त्यसक्रममा एक प्रहरी समेत घाइते भएका छन् ।
बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईको नेतृत्वमा सुरक्षाकर्मी आगो निभाउन खटिएका छन् ।
आगो नियन्त्रणमा कोहपुर र नेपालगञ्जको दमकल तैनाथ गरिएको छ । आगलागी करिब बिहान साढे ९ बजेतिर सुरु भएको हो ।













प्रतिक्रिया