२१ कार्तिक २०८३, शनिबार

तीनजना बरिष्ठ साहित्कार पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । दायित्व बाङ्मय प्रतिष्ठानले बिभिन्न क्षेत्रका साहित्यिक स्रष्टाहरु लाई सम्मान एवं पुरस्कृत गरेको छ ।

सो प्रतिष्ठानको बार्षिकोत्सबका अबसरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवम् सर्बोच्च अदालतका पूर्व प्रधानन्याधीश खिलराज रेग्मीले दायित्व बान्मय बिशिष्ट सम्मान साहित्कार रोचक घिमिरे र प्रा डा दयाराम श्रेष्ठ र बेदमणि शर्मा घिमिरेलाई प्रदान गर्नुभएको हो ।

रेग्मीले हरिकला गुणाकर दायित्व रचना पुरस्कार आत्मराम खरेललाई प्रदान गर्नुभएको छ । सो अबसरमा दायित्व बाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं बरिष्ठ साहित्कार रामप्रसाद पन्तद्वारा लिखित प्रमुदित पाइलाहरू र इन्दु पन्तरूारा लिखित शब्द सरिता नामक रचनाको लोकार्पण पनि रेग्मीले गर्नुभएको छ ।

कार्यक्रममा मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले अबको साहित्य २१ शताब्दी अनुकूल सन्देश र चेतनामुलक हुनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा बरिष्ठ साहित्यकार समालोचकहरू प्रा राजेन्द्र सुबेदी, डा भागवत ढकाल, यादब भट्राई, सुब सेन, प्रा गोपीकृष्ण शर्मालगायतले बिमोतिच कृति र पुरस्कुत स्रष्टाकाबारेमा प्रकाश पार्नुभएको थियो ।