९ मंसिर २०८३, बुधबार

चाँगुनारायणमा कांग्रेसको अग्रता, वडा नं ५ मा पनि कांग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १४ जेठ । चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली कांग्रेसको समूह विजयी भएको छ ।

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार चाँगुनारायण वडा नं ५ को वडाध्यक्षमा जयन्द खड्का विजयी हुनुभएको छ । खड्काले एक हजार ६४८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार ३२९ मत प्राप्त गर्नुभएको छ ।

विजयी हुनेहरुमा नेपाली कांग्रेसका महिला सदस्य राधिका खड्का बाटाले एक हजार ३३८ मत, दलित महिला सदस्य रामकुमारी विकले एक हजार ३३३, वडा सदस्य राजी गिरीले एक हजार ३२८ र अर्का सदस्य नेमकिपाका रोशन खत्रीले एक हजार १८२ मत प्राप्त गरि विजयी हुनुभएको छ ।

नगर प्रमुखमा कांग्रेसका राजाराम खड्काले चार हजार ८३२ मतले अग्रता लिनुभएको छ भने उपप्रमुखमा पनि काँग्रेसकै सरु बानियाँले पाँच हजार १९१ मतले अग्रता लिनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नगरप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार सोम मिश्रले चार हजार ४०३ र उपप्रमुखमा एमालेकी बिना बास्तोलाले चार हजार ५७४ मतले पछ्याइरहनुभएको छ । मतगणना जारी छ । रासस