९ मंसिर २०८३, बुधबार

रमजानलाई देखाएर चुनाव सार्ने षड्यन्त्र हुन सक्छ : केपी ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । एमालेका अध्यक्ष केपी ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन रोक्नका लागि विभिन्न षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

काठमाडौंको बबरमहलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुस्लिमहरूको पर्व रमजानलाई देखाएर निर्वाचन रोक्ने प्रयास भइरहेको बताए ।

उनले भने, ‘हामीले मुस्लिमहरूको पर्व रमजानलाई प्रभाव पारेर नराख्न भन्यौ । सुनुवाई भएन । तर, अहिले रमजान पर्वलाई देखाएर चुनाव सार्ने षड्यन्त्र हुसक्छ । त्यसप्रति खबरदारी गर्नुपर्छ ।’

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टीका रुपमा उठेको बताएका ओलीले भने, ‘दोस्रो चरणको निर्वाचनमा एमाले योभन्दा माथि उठ्नेछ ।’