१० मंसिर २०८३, बिहिबार

काठमाडौं महानगरमा अठार हजारले शाक्य अगाडि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ । उहाँले हालसम्ममा ५६ हजार एक सय ५०, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार चार सय दुई, माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ७८५, साझा पार्टीकी निरुपमा यादवले ११ हजार २४ मत प्राप्त गर्नुभएको काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कामपाको अन्तिम नतिजा आजसम्म आउने बताइएको छ ।

बत्तिस वटा वडा रहेको कामपामा अहिलेसम्म २९ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । तिनमध्ये १७ वटा वडामा एमाले र १२ वटा वडामा काँग्रेस विजयी भएका छन् । रासस