
काठमाडौं, १३ जेठ । संसदको गतिरोध अन्त्यको प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई परामर्शका लागि बोलाएकी छन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई वार्ता र सम्वादका लागि बोलाइएको हो । छलफल अहिले केही समयपछि हुनेछ ।
एमालेले संसद अबरोध गरेर बजेटको कार्यक्रमलाई प्रभावित तुल्याएपछि सभामुख घर्तीले राजनीतिक निकासका लागि प्रयास थालेकी हुन् ।











प्रतिक्रिया