९ मंसिर २०८३, बुधबार

एमालेले चार उपमहानरमा टिकट बाँड्यो (नामसहित)

16k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रदेश नम्बर पाँचका चार वटा उपमहानगरपालिकाहरूमा मेयर र उपमेयर उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेका सचिव योगेश भट्टराईका अनुसार चार वटा उपमहानगरपालिकाका लागि उम्मेदवारहरूको टुंगो लगाइएको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार बेलुका बसेको स्थायी समिति बैठकले मेयर र उपमेयरमा टिकट वितरण गरेको छ ।

सचिव भट्टराईका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरमा मेयर पदको टिकट समसुद्धिन सिद्धिकी र उपप्रमुखमा शान्ता ढकाललाई टिकट दिइएको छ ।

दाङको तुलसीपुर उपमहानगरमा मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्यले टिकट पाएका छन् । त्यसैगरी घोराही उपमहानगरमा मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपानेले टिकट पाएको भट्टराइले बताए ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा शिवराज सुबेदी र उपमेयरमा गोमा आचार्यले टिकट पाएका छन् ।