९ मंसिर २०८३, बुधबार

नेपालमा भारु ५ सय र एक हजारका नोटको कारोबार यसरी हुन्छ, गिरोह पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । प्रहरीले पाँच सय र एक हजार दरका भारतीय नोटहरूको अबैध कारोबारमा संलग्नहरूलाई १८ लाख नगद सहित पक्राउ गरेको जनाएको छ ।

बिगत केही समयदेखि विभिन्न भारतीय तथा नेपाली मानिसहरूले अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्य र मनसायका साथ नेपाल तथा भारत समेतबाट नेपालका विभिन्न नाकाहरू हुँदै प्रतिबन्ध नोटहरू नेपाल भित्र्याई काठमाडौं लगायत विभिन्न स्थानहरूमा लुकाई छिपाई राखेको जनाएको छ ।

प्रहरीका अनुसार भारतमा प्रतिवन्ध लगाएका ती पाँच सय र एक हजार दरका नोटहरू नेपालमा विभिन्न प्रलोभनमा पारेर गिरोहले चलाउने गरेको शंकाल लागेपछि सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिएको थियो ।

सो अबैध भारतीय नोटहरू सर्वसाधारणहरूलाई झुक्याई चलनमा ल्याउने गरी कारोबार भैरहेको भन्ने बिशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको थियो ।

प्रहरीले महाराजगञ्जका सन्तोष खत्री क्षेत्री समेत ६ जनाको समूहले अबैध भारतीय नोटहरू राखेर नोटहरू चलनको लागि योजना बनाई रहेको अबस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ व्यक्तिको विवरण:-

  • जिल्ला धादिङ केवलपुर गा.बि.स. वडा नं. ५ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १३ कलंकी बस्ने बर्ष ३४ को बिमल गुरुङ ।
  • जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. १२ बस्ने बर्ष ३२ को सन्तोष खत्री क्षेत्री ।
  • जिल्ला सुनसरी प्रकासपुर गा.बि.स वडा नं. ३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ३५ बानेश्वर बस्ने बर्ष ४४ को नवराज बस्नेत ।
  • जिल्ला धादिङ नलाङ गा.बि.स.वडा नं. ६ घर भई हाल का.जि. का. नैकाप बस्ने बर्ष ४४ को ऋषु गिरी ।
  • जिल्ला कैलाली , धनगढी न.पा. वडा नं. ५ बस्ने बर्ष ५७ को कैया चौधरी ।
  • जिल्ला धादिङ ,सलांङघाट गा.वि.स. वडा नं. ५ बस्ने बर्ष ४३ को राजु थापा ।
  • जिल्ला वारा, कोल्वी गा.वि.स. वडा नं. ५ बस्ने बर्ष ३५ को रामेश्वर चौधरी ।
  • जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं. २ बस्ने बर्ष ३१ को नरेन्द्र बहादुर महरा ।
  • जिल्ला रामेछाप, आदिगंगा गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४० को बेल कुमारी कार्की ।
  • ऐ ऐ उमाकुण्ड गाँउपालिका वडा नं. १बस्ने बर्ष ४२ को कुमार कार्की ।

बरामद भएको सामानको बिबरण:-

  • जम्मा रु १८,४४,०००/- ( अठार लाख चवालीस हजार)
  • नरेन्द्र महराको नामको नेपाल एसविआई बैंक लि.को खाता नं.२०४१५२४३३००३०९ को चेक नं. ००१४६५४२८३।।०८०१।। नं. को बेल कुमारी कार्कीको नाममा काटिएको रु.३,००,०००।- को चेक थान-१ ।
  • मोबाईल थान ३ ।
  • सवारी चालक अनुमति पत्र १ ।