भोजपुर, १२ जेठ । आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।
नेपाली कांग्रेसले भोजपुर सदरमुकामबाट बिहीबार -यालीसहित विशाल शक्ति प्रदर्शन गरी अभियान सुरु गरेको छ ।
दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रमलाई तीव्रता दिन लागेको भोजपुर नगरपालिकाको प्रमुख पदका कांग्रेस उम्मेदवार कैलाशकुमार आलेले जानकारी दिनुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई भोजपुरकोे दुई नगरपालिका र सात गाउँपालिकामा विजय गराउन विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरी मतदानका लागि आग्रह गर्ने उहाँले बताउनुभयो ।
यता नेकपा (माओवादी केन्द्र)बाहेक अन्य दलले उम्मेदवार चयन गर्न सकिरहेका छैनन् भने भोजपुर जिल्लामा सबैभन्दा बढी चुनावी कार्यक्रममा माओवादी केन्द्र सक्रिय रहेको छ । रासस












प्रतिक्रिया