काठमाडौं, १२ जेठ । स्थानीय तहको निर्वाचनको तयारी स्वरुप नेपाली कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ ।
पार्टी मुख्यालय सानेपामा अहिले केही समयपछि सुरु हुने बैठकमा स्थानीय तहमा उम्मेदवार चयनका विषयमा छलफल केन्द्रित हुने स्रोतले जनाएको छ । कांग्रेसले केन्द्रबाट मेयर र उपमेयर पदका लागि टिकट दिएर पठाउनेछ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै नयाँ सरकार गठनका विषयमा पनि छलफल हुन सक्ने एक नेताले बताए ।
राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि आह्वान भएको छ । सात दिनभित्र सहमतीय सरकारको गठन हुन सकेन भने पुनः बहुमतीय सरकारका लागि पहल हुनेछ ।











प्रतिक्रिया