घोराही, ११ जेठ । निर्वाचनमा जसरीपनि जितहात पार्ने योजनासहित अगाडि बढेको नेकपा एमालेले दाङको घोराही उपमहानगरपालिकामा चर्चित युवा सविन प्रियासनलाई मेयर पदमा टिकट दिने संकेत देखिएको छ ।
सामाजिक, राजनीतिक र पत्रकारिता क्षेत्रलाई संगसंगै अगाडि बढाइरहनु भएका प्रीयासन दाङको चर्चित ब्यक्तीमा गनिनुहुन्छ । लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण अगुवाई गर्नु भएका प्रीयासन हाल नेपाल पत्रकार महासंघ दाङका अध्यक्षसमेत हुनुहुन्छ ।
जिल्लावाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक समेत रहनु भएका प्रीयासन प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर ५ को उपाध्यक्षपनि हुनुहुन्छ ।
जिल्लाका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध प्रीयासनले दाङ युवा मञ्च संस्था गठन गरेर युवाहरुलाई खेल, समाजसेवा, विकास निर्माणमा लगाउनु भएको हो ।
प्रीयासनको वहुआयामिक ब्यक्तित्वलाई विश्लेषण गर्दै पछिल्लो समयमा नेकपा एमालेले प्रीयासनलाई जित्ने उम्मेद्वारकारुपमा अगाडि सार्न लागेको एमाले उच्च स्रोतले जनाएको छ । घोराही उपमहानगरपालिकामा यस अगाडि अमरबहादुर डाँगि र नरुलाल चौधरीको नाम चर्चामा आएपनि पछिल्लो समयमा एमालेले चुनावी रणनिति फेरेको र सबै ठाँउमा जित्ने उम्मेद्वार अगाडि सार्ने योजना अनरुप प्रीयासनको नाम सम्भावनाकारुपमा आएको स्रोतको भनाई छ ।
घोराही १५ मिलनचोक निवासी प्रीयासनलाई डाँगि र चौधरीको विकल्पका रुपमा लिइएको हो । प्रीयासनप्रति एमालेका सबै जिल्ला तथा केन्द्रिय तहका नेताहरु सकारात्मक भएको बुझीएको छ ।













प्रतिक्रिया