गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा एमालेले मेयर पदमा सोमनाथ सापकोटालाई टिकट दिएको छ । सापकोटाले आफ्नो प्रचार प्रसार सुरु गरिसकेका छन् । उनै सापकोटासँग अनिल खत्रीले गर्नुभएको कुराकानी
तपाईको उम्मेदवारीका कारण मुसिकोट नगरवासी खुसी हुनुपर्ने कारणहरु के–के छन् ?
म मुसिकोट नगरपालिका वडा नं ८ मा जन्मेर सामााजिक राजनैतिक क्षेत्रमा काम गर्दै हाल नेकपा एमाले जिल्ला कमिटी गुल्मीको सचिवको जिम्मेवारी निर्वाह गरिरहेको छु । यस नगरपालिकाभित्रका समस्याको बारेमा नजिकबाट परिचित छु । जिल्ला सदरमुकाममा बसेर यस क्षेत्रको सम्रग विकासको लागि खेलेको भूमिका सबै सामु छर्लङ्ग छ । साथै स्थानीय तह पुनसंरचनाको क्रममा यस क्षेत्रलाई नगरपालिका बनाउनको लागि भूमिका खेलेको हुनाले नगरबासी खुशी हुने कुरा स्वभाविक हो ।
सम्रग मुसिकोट नगरको आर्थिक तथा सामाजिक विकासमा तपाईको भूमिका के रहन्छ ?
स्थानीय तहको पुनसंरचनासँगै घोषण भएको मुसिकोट नगरपालिकाको आर्थिक सामाजिक विकासका लागि बिस्तृत योजनासहित काम गर्नुपर्ने आवश्वकता छ । विशेष गरी कृषिमा आधुनिकीकरण, व्यवसायिकरण र विभेदीकरण गर्नुपर्ने देखिन्छ । कफीको जननी भनेर चिनिने आपचौर पनि यसै नगरपालिकाभित्र पर्ने भएकोले कफीको बजारीकरण र व्यावसायिकरणमा जोड दिइने छ । बालउद्यान, जेष्ठ नागरिक गृह, खेलकुद मैदान स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
तपाई विजयी भएपछि मुसिकोट नगरपालिकामा जनताले के कस्ता सेवा सुबिधाहरु पाउने छन् ?
सबै वडालाई पक्की सडकले छुने गरी योजना अगाडि बढाउने र प्रत्येक टोलसम्म सडक सञ्चाल विस्तार गरीने छ । प्रत्येक वार्डमा स्वास्थ्य केन्द्र स्थापना गरीनेछ ।विद्युत,शिक्षा,खानेपानी र सञ्चारको पहुच प्रत्येक घरधुरीमा पुगाउने गरी कार्यक्रम अगाडि बढाइनेछ ।
शिक्षा तथा स्वास्थ्यको सम्रग विकासको लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ?
सरकारी विद्यालयको स्तरउन्नती गर्ने, मध्यमस्तरको प्राविधिक शिक्षालय स्थापना गर्ने, नगर क्षेत्रमा ५० सैयाको अस्पताल स्थापना गरी सञ्चालन गर्ने, पत्येक वडामा स्वास्थ्य केन्द्रमार्फत एम्बुलेन्स सेवा पुराउने गरी प्रतिवद्धता जनाएका छौ ।












प्रतिक्रिया