२१ कार्तिक २०८३, शनिबार

एमालेका उम्मेदवार जनताको घरघरमा, कांग्रेस–माओवादी छलफलमा

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ११ जेठ । दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा भैरहवामा चुनाबी सरगर्मी बढेको छ । जसका कारण भैरहवाका हरेक टोल छिमेकमा बिहानैदेखि चुनाबी प्रचार प्रसारका सामग्री सुन्न र देख्न पाइन्छन् ।

२० वर्षपछि उमेदवारहरु घरदैलोमा आउँदा मतादाताहरु उत्साहित देखिएका छन् । चौतर्फी दृष्टिकोणले महत्वपूर्ण सिद्धार्थनगर भैरहवाको राजनीतिमा एक महिना यता बिहान साँझ मात्रै होइन भैरहवाको ४० डिग्री तापक्रमको प्रवाह नगरी एमालेका उम्मेदवारहरू कार्यकर्तामाझ प्रचार प्रसारमा जुटेका छन् ।

एमालेले सिद्धार्थनगर भैरहवाका मेयरमा हरिप्रसाद अधिकारी, उपमेयरमा उमा काफ्लेले उम्मेदवारी घोषणा गरेर घरदैलोलाई तीब्रता दिएका छन् ।

नगरका १३ वटै वडामा एक चरणको घरदैलो समाप्त गरेर दोस्रो चरणको घरदैलो एमालेले शुरुवात गरेको छ । कांग्रेस र माओवादी केन्द्रले भने अझै उमेदवार छनौट गर्न सकेका छैन ।

कांग्रेस र माओवादी केन्द्रमा धेरै आकांक्षी भएकोले अहिलेसम्म मेयर र उपमेयरको नाम टुंगो लगान नसकेका हुन् । जसका कारण यी दुबै पार्टीले घरदैलोलाई त्यति तदारुकताका साथ अगाडि बढाउन नसकेको आरोप छ ।

कांग्रेसबाट मातृका यादव, दीपक क्षेत्री न्यौपाने, सुरेन्द्र थापा, ओम श्रेष्ठ, गोपालराज भण्डारी र महेन्द्र श्रेष्ठले मेयर पदमा दाबी गरिरहेका छन् ।

माओवादी केन्द्रबाट मनीषकुमार जोसी, कमला थापा, फैज अहमद मेयरमा दाबी गरिरहेका छन् ।

राप्रपाले पनि चुनावी प्रचार प्रसारलाई तीब्रता दिएको छ । राप्रपाले उपमेयरमा रमिता थापा मगर, उषा गुप्ता, दुर्गा श्रेष्ठमध्येबाट एकजनालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।