२१ कार्तिक २०८३, शनिबार

एमाले महासचिव अचानक किन पुगे अस्पताल ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले दुर्घटनामा परी घाइते हुनुभएका सुर्खेत जिल्ला कमिटी सदस्य तुलबहादुर सकारी र रतन बिसीको आज ग्रान्डी अस्पताल पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बिसी बच्चपुर नगरपालिका–७ का नवनिर्वाचित वडा अध्यक्षसमेत हुनुहुन्छ । महासचिव पोखरेलले अस्वस्थ्य कार्यकर्ताद्वयको स्वास्थ्य अवस्था बुझ्ने क्रममा उपचारमा संलग्न चिकित्सकलाई सम्भव भएका सबै उपाय अबलम्वन गर्न आग्रह गर्नुभयो ।

उहाँहरुको उपचारका लागि पार्टीले पनि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता महासचिव पोखरेलले जनाउनुभयो ।

वीरेन्द्रनगरबाट ५० किलोमिटरको दूरीमा पर्ने साल्कोटमा यही जेठ ६ गते उहाँहरु सवार मोटरसाइकललाई जिपले ठक्कर दिएपछि घाइते हुनुभएको थियो । उहाँहरुलाई यही ७ गते काठमाडौँमा ल्याएर सो अस्पतालमा उपचार गरिएको थियो । रासस