९ मंसिर २०८३, बुधबार

काठमाडौंमा शाक्यले झण्डा गाड्ने पक्का, पोखरामा जिसी जितको सुनिश्चित

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले १३ हजार ३ सय २६ मतको मत अन्तर बनाएका छन् ।

बिहीबार बिहानको प्राप्त मत परिणाम अनुसार शाक्यले ४४६९६ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ३१३७० मत पाएका छन । तेस्रो स्थानमा रहेकी रञ्जु दर्शना न्यौपानेले १६३२० मत पाएकी छिन् ।

काठमाडौं महानगरमा अब १८ हजारको हाराहारीमा मत गन्न बाँकी छ । यो मत अन्तर हेर्दा शाक्यको जित सुनिश्चित जस्तै भएको छ ।

उता, पोखरा लेखनाथ महानगरमा एमालेका मानबहादुर जिसीले ४३२७४ मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले ३४०२५ मत पाएका छन् । पोखरामा पनि एमालेका जिसीको जित सुनिश्चित जस्तै भएको छ ।