काठमाडौं, १० जेठ । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बराललाई जेठ १९ गते पत्रकारिता क्षेत्रमा आफ्नो योग्यता सहित अदालतमा हाजिर हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) विपरित योग्यता नपुगेका व्यक्तिलाई प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्ति गरेको भन्दै पत्रकार वैकुण्ठ भण्डारीले सर्वोच्चमा दिएको रिटका पक्षमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल, अधिवक्ताद्धय विष्णु लुंईटेल, र कृष्ण कुमार श्रेष्ठले गर्नु भएको बहश पछि माननीय न्यायाधिश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।
प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) मा काउन्सिलको अध्यक्षको बन्न सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको व्यक्तिहरु मध्येबाट हुनु पर्नेमा बराललाई नेपाल सरकारले के आधारमा नियुक्ति गरेकोको भन्दै नेपाल सरकारलाई समेत अदालतमा हाजिर हुन बोलाएको छ ।
गत जेठ ४ गतेको मन्त्रिपरिषद्को वैठकले प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललाई गैरकानूनी ढंगले निर्वाचन आयोगको आचार संहिता विपरित नियुक्ति गरेको थियो ।












प्रतिक्रिया