– मिना बुढाथोकी
सल्यान, १० जेठ । शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले आफूलाई नगरपालिकामा बसेर काम गर्न अन्योलता सिर्जना भएको बताउनु भएको छ ।
पहिलो चरणमा बैशाख ३१ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा जिल्लाको पहिलो नगरपालिका शारदा नगरपालिकाको मेयर पदमा बिजयी हुनु भएका उहाँले सरकारले आफ्नो काम र कर्तब्यका बिषयमा स्पष्ट नपारेको बताउनु भएको हो ।
सल्यान बहुमुखी क्याम्पस खलंगा र स्वतन्त्र बिद्यार्थी यूनियन (स्ववियू) खलंगाले आज आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले दोस्रो चरणको निर्बाचन पछि सरकारले दिएको काम, कर्तब्य र जिम्मेवारी अनुसार अगाडी बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।
उहाँले अब आफू नगरपालिकाको बिकास र समृद्धिको पक्षमा काम गर्ने बताउनुभयो । “झण्डै दुई दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि बिहिन थिए, बिकास निर्माणका कामले गती पाउन सकेका थिएनन्,” उहाँले भन्नुभयो– “स्थानिय निकायको निर्बाचन सम्पन्न भैसक्यो, जनताले राम्रा र असल प्रतिनिधि चुनेका छन्, अब बिकासको गती तिब्र रुपमा अगाडी बढ्छ ।”
अधिकारीले क्याम्पसको बृद्धि, बिकासको लागि मास्टर प्लान बनाएर अगाडी बढ्न निर्देशन दिनुभयो । “क्याम्पसको बिकासका लागी मास्टर प्लानसहितको माग नगरपालिकामा पेश गर्नुस्, यसलाई सम्बोदन गर्न हामी तयार छौँ,” उहाँले भन्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष त्रिपुरा शाहको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर साबित्रा बस्नेतले क्याम्पसको चौतर्फी बिकासको लागी आफूबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आफू नगरपालिकाको उपमेयर हुनुभन्दा अगाडि शिक्षण पेशामा संलग्न रहेको बताउदैँ शिक्षा क्षेत्रको बिकास नै पहिलो प्राथामिकता भएको बताउनुभयो ।
स्वतन्त्र बिद्यार्थी यूनियन (स्वबियू)का सभापति रामबहादुर खत्रीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा शारदा नगरपालिका वडा न.ं २ का वडाध्यक्ष केशब सिंह श्रेष्ठ, क्याम्पस प्रमुख सुरेन्द्र बस्नेत, पूर्ब क्याम्पस प्रमुखद्धय बादल कुमार श्रेष्ठ र धुर्ब बहादुर मल्ल लगायतले बोल्नु भएको थियो ।













प्रतिक्रिया