२१ कार्तिक २०८३, शनिबार

अवैध अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट स्वीडेन नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १० जेठ । हजारौं अवैध अमेरिकी ठलरसहित एक स्वीडेनी नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–९ अन्तर्राष्ट्रिय बिमानस्थलमा टर्किस एयरलाइन्सद्वारा स्थानबुल हुँदै स्विडेन जान लागेकी राहदानी नम्बर ८७२५८९४५ बाहक स्विडेन नागरिक सारा सुरा सल्मानलाई झोलामा लुकाई लैजान लागेको अमेरिकी डलर ४८ हजार सहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।