२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति क्षत्रीले भेटे अमेरिकी सेनाका कमाण्डर, के भयो कुराकानी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । अमेरिका भ्रमणमा रहनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकी सेनाका कमाण्डरसँग भेटवार्ता गरेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार जेठ ३ बाट भ्रमणमा रहनुभएका क्षत्रीले जेठ ८ गते यूनाइटेड स्टेट आर्मी प्यासिफिक कमाण्ड (यूएसपीएसीओएम)का कमाण्डर एड्मिरल ह्यारी बी ह्यारीस र युनाईटेड स्टेट आर्मी प्यासिफिक एयर फोर्सका भाइस कमाण्डर मेजर जनरल मार्कसी डिलनसँग छुट्टा–छुट्टै भेटघाट गर्नु भएको हो ।

उक्त भेटघाटको क्रममा प्रधान सेनापति क्षत्रीले नेपाली सेना र युनाइटेड स्टेट आर्मी प्यासिफिक कमाण्ड (यूएसपीएसीओएम)ले संयुक्त रुपमा आयोजना गर्दै आएको सब्जेक्ट म्याटर एक्सपर्ट एक्सचेञ्ज (एसएमईई) तालिमको बारेमा छलफल गर्नुभएको थियो ।

साथै २०७२ सालमा गएको विनाशकारी भुकम्पमा युनाइटेड स्टेट आर्मी प्यासिफिक एयर फोर्सले पुर्याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो ।