९ मंसिर २०८३, बुधबार

हेटौंडा उपमहानगरमा एमाले विजयी, कमल थापाको जिल्लामा निस्कियो जुलुस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १० जेठ । मकवानपुर जिल्लाको हेटौंडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको क्षेत्र हो ।

पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमालेबाट मेयरमा हरिबहादुर महत र उपमेयरमा मिना लामा विजयी भएका हुन् । विजयी भएका महतले गठबन्धनको तर्फबाट कांग्रेसका आनन्दराम पराजुलीलार्इ पराजित गरे । उपमेयरमा एमालेकी लामाले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बलराम बललाई पराजित गरिन् ।

आफू कमजोर रहेको ठानेको एमालेले हेटौंडामा अप्रत्याशित जित हात पारेपछि एमालेका नेता कार्यकर्ताले विजय उत्सव मनाउन शुरु गरेका छन् ।

हरिबल महत (संक्षिप्त परिचय)
जन्म : २०१६ चैत्र २०
जन्म स्थान : ललितपुर जिल्ला
राजनीति जीवन : २०४३ सालमा तत्कालिन नगर पञ्चयात हेटौँडा वडा नंबर ५ बाट वडा अध्यक्ष निर्वाचित साथै जिल्ला सभा सदस्यमा निर्वाचित, २०४६ सालमा भएको जन आन्दोलनमा हेटौँडामा युवाहरुको नेतृत्व गरि आन्दोलनमा सक्रिय, २०४९ र २०५४ सालमा नेकपा एमालेको तर्फबाट हेटौँडा नगरपालिकाको उपमेयर, पटक/पटक नेकपा एमालेको जिल्ला कमिटिमा रहेर काम गरेको ।

मिना लामा
नाम : मिना लामा
जन्म मिती : २०३३ मंसिर २७
जन्म स्थान : हेटौँडा ११ नवलपुर
आमा बुवाको नाम : सितादेबी लामा/शुक्रबिर लामा
शिक्षा : एम ए (समाजशास्त्र)
पार्टीको राजनीति : २०४६ साल (अनेरास्ववियु त्रिभुवन मावि)
राजनीतिक जीवन : नेकपा एमाले जिल्ला उपसचिव, नेपाल लोकतान्त्रिक आदीवासि महासंघ केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघको जिल्ला सचिव भएर काम गरेको, नेपाल लोकतान्त्रिक तामाङ संघको जिल्ला अध्यक्ष रहेर काम गरेको ।