– अनिल खत्री
गुल्मी, १० जेठ । गुल्मीमा चलिरहेको भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भुपु सैनिकहरुका लागि वितरण गरिने पेन्सन क्याम्प सम्पन्न भएको छ । बैशाख २८ बाट सुरु भएको बितरण क्याम्प १३ दिनसम्म चलेको जिल्ला सैनिक बोर्ड गुल्मीका सेक्रेटरी बिष्णुकुमार थापाले जानकारी दिए ।
जिल्लाको सदरमुकाम तम्घासमा बितरण गरिएको क्याम्पबाट करिब १ अर्ब १५ करोड वितरण भएको भारतीय पेन्सन बितरण क्याम्पले जनाएको छ । जिल्ला बितरण गरिएको क्याम्पबाट ६ हजार भन्दा वढी भूपु सैनिकले पेन्सन बुझेका छन् । केहिले बैंकबाट बुझ्ने गरेतापनि अधिकांशले पेन्सन क्याम्पबाट रकम बुझने गर्दछन् ।
पेन्सन बितरण क्याम्प चले सगै बितरणले सधै जसो शुन्य रहने तम्घासको बाख्रेछेडा बजार पनी चहलपहल वढ्को थियो । बितरण क्याम्पलाई मध्ंय नजर राखेर जिल्ला भित्र तथा भारतका बिभिन्न ठाउँबाट आएका बिभिन्न व्यावसायका पसलहरु राखेर बजार लाग्ने गर्दछ । पेन्सन बितरण सगै बजार लाग्नाले तम्घासमा चहलपहल समेत वढ्ने गर्दछ ।
भारतिय सेना र भारतका बिभिन्न संघ संस्थाबाट अबकास प्राप्त भूपुलाइ पेन्सन बितरण क्याम्प प्रत्येक वर्षको ६÷६ महिनामा बितरण गरिदै आएको छ । सदरमुकाम तम्घासमा संञ्चालन भएको पेन्सन वितरण क्याम्पबाट गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची,प्युठान लगायतका ठाउँका भूपू करिव ७ हजार पेन्सनर रहेका छन् ।
















प्रतिक्रिया