९ मंसिर २०८३, बुधबार

दोस्रो चरणको चुनाव बहुमतले जित्न एमालेले बनायो ‘बोल्ड’ रणनीति, जिल्लाहरुमा पठायो सर्कुलर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बहुमत जित हासिल गर्न रणनीति बनाएको छ ।

खासगरी तराई क्षेत्रमा हुन लागेको निर्वाचनमा एमालेविरुद्ध भ्रम फैलाएर हराउने प्रयत्न विभिन्न शक्तिबाट भइरहेका बेला बुधबार पार्टीका केन्द्रीय महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिंगो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले पहिलो चरणको निर्वाचनका सन्दर्भमा निम्न विषयमा आधारित भएर तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन सबै जिल्ला कमिटीहरूलाई निर्देशन गर्ने निर्णय गरेको छ । साथै, विस्तृत समीक्षा प्रतिवेदन छिटोभन्दा छिटो तयार गरी केन्द्रीय कार्यालयमा पठाउनसमेत निर्देशन गरेको छ ।

यस्तै, नेपालको संविधानअनुरुप गठन हुने जिल्ला समन्वय समिति र गाउँ तथा नगर कार्यपालिकामा सदस्यहरूको मनोनयनका निम्ति तत्कालै आवश्यक प्रबन्ध गर्न सम्पूर्ण मातहत कमिटीहरूलाई निर्देशन पनि बैठकबाट भएको छ ।

यस्तो छ जिल्ला कमिटीहरुलाई पठाइएको सर्कुलर

१. नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा सबै उम्मेदवारले प्राप्त गरेको मत परिणाम ।
२. नगरपालिका र गाउँपालिकामा नेकपा (एमाले)का तर्फबाट विजयी बनेका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूको नामावली ।
३. निर्वाचनमा विजयी हुनुका पाँच आधार र निर्वाचनमा पराजित हुनुका पाँच कारण ।
४. निर्वाचनका क्रममा प्रशासनको भूमिका ।
५. पार्टीको आन्तरिक परिचालन तथा उम्मेदवार तालमेलको प्रभाव र अनुभव ।