२१ कार्तिक २०८३, शनिबार

वैदेशिक रोजगारी त्यागेर गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी, एमालेले दियो टिकट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १० जेठ । स्थानिय निर्वाचनमा उम्मेदवार बन्न गुल्मी एक महिला विदेश छोडेर नेपाल फर्किएकी छन् । जिल्लाको साबिबको हस्तिचौर गाविस हालको इस्मा गाउँपालिका वडा नं. १ निवास बिमला खत्री स्थानीय तहको निर्वाचनको घोषणा भएसगैं उम्मेदवार बन्न भन्दै बिदेशबाट फर्किएकी हुन ।

लामो समयको राजनीति र शिक्षण पेशा छोडेर वैदेशिक रोजगारीको शिलशिलामा साईप्रस पुगेकी बिमला चुनाव लड्नकै लागि भनेर करिब २ महिना अघि नेपाल फर्किएकी थिइन । उनी हाल एमालेको तर्फबाट गुल्मीको ईश्मा गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी छन् ।

‘देशमा राजनैतिक अस्थिरतासंगै युवापिढी बेरोजगारीको मारमा छन्, त्यो मैले बिदेशमा देखे भोगे । यो सब अन्त्य गर्नको लागि विदेश मोह त्यागेर आए,’ खत्रीले भनिन– ‘मेरो जित पछी बेरोजगारी समस्या अत्यका लागि महत्वपूर्ण भुमिका खेल्नेछु । देशमा केहि गर्नुपर्छ, गर्न सकिन्छ भन्ने वातावरण सृजना गर्नु मेरो मुख्य उद्देश्य रहेको छ । जबसम्म उत्पादन हुँदैन तबसम्म आत्मनिर्भर भइदैन त्यसको निम्ती यो स्थानिय चुनावले अबसर ल्याउने छ ।’

निर्वाचित हुनेमा आफू ढुक्क रहेको भन्दै खत्रीले अगाडि भनिन् ‘महिला पनि नेतृत्वदायी भुमिकामा पुग्न सक्छन, केहि गर्छन् भन्ने उदारणीय पाठ मैले मेरो गाउँपालिकाबाट दिलाउने छु ।’ खत्री साविकको हस्तिचौर गाविसमा लोकप्रिय महिला नेतृको रुपमा चिनिएकी छन् । बिद्यार्थी जिवनबाटै राजनीतिमा सक्रिय खत्री समाज सुधार, महिला हक अधिकारदेखि लिएर समाजमा पछाडि पारिएका बर्ग समुदायको उत्थानका लागि काम गर्दै आएकी छन् ।

दोस्रो चरणको चुनावको मिति नजिकिदै गर्दा बिमला अहिले घरदैलोमा ब्यस्त छिन । घरदैलोको शिलशिलामा सबैको साथ सहयोग र सर्मथन पाएकोले चुनाव जित्नेमा ढुक्क भएको खत्रीको भनाई छ । २०५४ सालबाट अनेरास्ववियुबाट एमालेको राजनितीमा सक्रिय खत्रीले करिब ८ बर्ष स्थानीय जनज्योति निम्न माध्यमिक बिद्यालयमा अध्यापन शिक्षिका थिइन । २०६८ सालमा टोल सुधार समिती गठन गरि मदिरा निषेधित क्षेत्र घोषणा गर्न सक्रिय भुमिका पुर्याउनुका साथै अन्यायमा पर्दै आएका महिला र पछाडी पारिएका बर्ग समुदायको उत्थानमा खत्रीको क्रियाशिलता उल्लेखनीय रहेको छ ।

गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भए सडक खानेपानी, अधिकारमा सबैको पहुंच पुर्याउने आफ्नो पहलकदमी रहने बताइन् । नेकपा एमाले ईश्मा गाउपालिकामा लक्ष्मण बिष्ट प्रमुख र बिमला केसीलाई उपप्रमुख बनाएर चुनावमा होमिएको छ । त्यस क्षेत्रमा एमालेको पकड क्षेत्र मानिएकाले जित निश्चित रहेको त्यहाका नेता कार्यक्रताहरुको भनाई रहेको छ ।