९ मंसिर २०८३, बुधबार

ललितपुर महानगरको मतपरिणामपछि साझा पार्टी उत्साहित, भन्यो – ‘हाम्रो लागि ठूलो उपलब्धि’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । ललितपुर महानगरपालिकाको मतपरिणाम पछि रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी उत्साहित भएको छ ।

साझा पार्टीको समर्थनमा ललितपुर महानगरपालिकामा उपमेयर र मेयर पदका लागि उमेदवारी दिएका शोभा शाक्य र रमेश महर्जनले राम्रो मत पाएपछि साझा पार्टी उत्साहित बनेको हो ।

मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार ललितपुरको मेयरमा साझा पार्टी मतका आधारमा तेस्रो स्थानमा थियो भने उपमेयरमा दोस्रो स्थानमा थियो ।

‘पार्टी निर्माणको प्रक्रिया सुरु गरेको दुई महिना पनि नबित्दै र कहीँ कतै सङ्गठन निर्माण नभई उमेदवारी दिँदा पनि सम्पूर्ण परिणाममा दुवै उमेदवार क्रमशः दोस्रो र तेस्रो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई एउटा भरपर्दो राजनीतिक विकल्पका रूपमा लिएको तथ्यको उत्साहजनक सङ्केत हो। जसरी हामीलाई मतदाताहरूले पत्याएका छन् त्यो हाम्रो लागि ठुलो उपलब्धि हो। यसबाट हाम्रै जीवनकालमा नेपाल बनाउने हाम्रो अठोट अझ दृढ भएको छ।’- साझा पार्टीबाट जारी विज्ञप्तिमा भनिएको छ ।

मतदाताहरुलाई धन्यवाद दिँदै साझा पार्टीले भनेको छ – ‘यो देश बनाएरै छोड्ने अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ।’