२९ आश्विन २०८३, बिहिबार

म्यानचेस्टर आत्मघाती हमलाको आईएसद्वारा जिम्मेवारी लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन (बेलायत), १० जेठ । बेलायतको म्यानचेस्टर सहरमा सोमबार राति एक साङ्गीतिक कार्यक्रमस्थलमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ ।

सोमबार साँझ आयोजित सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमकोे अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोट भएको थियो ।

घटनामा २२ जनाको ज्यान गएको थियो भने करिब ६० जना घाइते भएका थिए । घाइते सबैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । – सिन्ह्वा