९ मंसिर २०८३, बुधबार

महानगरमा काँग्रेसले खाता खोल्यो, चिरीबाबु महर्जन बने ललितपुर महानगरपालिकाको पहिलो मेयर

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकाको मेयर र उपमेयर जितेर नेपाली काँग्रेसले महानगरपालिकामा खाता खोलेको छ ।

नेपाली काँग्रेसका चिरीबाबु महर्जन मेयरमा विजयी भएका हुन् । मंगलबार मध्यराति आएको मतपरिणाम अनुसार, निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यन्जनकार ३६५ मतले पराजित भएका छन् ।

राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४ हजार ६६६ मत पाए । उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३०१ मत ल्याए ।

उपमेयरमा पनि काँग्रेसकै गीता सत्याल विजयी भएकी छिन् । कांग्रेसकी सत्यालले १९ हजार २३६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्।