९ मंसिर २०८३, बुधबार

युवा संघका अध्यक्षको घोषणा- दोस्रो चरणको निर्वाचनमा मधेस पस्छौं, एमाले पहिलो पार्टी बन्छ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ९ जेठ । नेकपा एमाले निकट युवा सँघ नेपालले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सक्रिय हुन आह्वान गरेको छ ।

युवा सँघ नेपालले जेठ १४ गतेबाट दोस्रो चरणको स्थानीय निर्वाचन केन्द्रित राष्ट्रिय युवा परिचालन अभियान सञ्चालन गर्ने युवा सँघ नेपालका अध्यक्ष राजिव पहारीले बताए ।

जेठ १४ गते निर्वाचन केन्द्रित राष्ट्रिय युवा परिचालन अभियान पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कार्कि व्याङ्क्वेट माईतीघरबाट उद्घाटन गर्ने छन्।

तथाकित तराईका दलहरुले मुलुकलाई विखण्डनतर्फ लैजान खोजेको र नेकपा एमाले त्यसको प्रतिवाद गर्न हरबखत लाग्ने अध्यक्ष पहारीले बताए ।

हेडलाईन नेपालसँग बोल्दै अध्यक्ष पहारीले पार्टीले गर्ने ठुला सभा, अन्तक्र्रिया कायक्रम तथा उमेद्वारहरुलाई जिताउनका लागि युवा सँघ सक्रिए रहने बताए ।

एमालेले मुलुकलाई विखण्डन हुनबाट जोगाएकाले तराईका केहि कथित दलहरु नेकपा एमालेसँग डराएको समेत अध्यक्ष पहारीले बताए । उनले भने, तराईमा एमालेको जनलहर छ, जनलहरमाथी कुनैदलको आँखा लाग्न सक्दैन ।

हेडलाईन नेपालसँग कुरा बोल्दै नेता पहारीले निर्वाचनका समयमा कसैले सूर्यलाई हत्केलाले छेक्न खोज्नु मुर्खता हुन्छ, यदि कसैले निर्वाचनमा हमला गर्न खोज्छ भने ईट्टाको जवाफ पत्थरले दिने चेतावनी दिए ।

अध्यक्ष पहारीे भने, तराईमधेशका मुद्धा युवा संघलाई थाहा छ । युवा सँघ कोहि जान नसकेको अवस्थामा राजीव पहारीकै नेतृत्वमा मधेशमा मेचीमहाकाली अभियान गरेको र एमाले विरुद्ध रहेको भ्रम चिर्न सफल भएको दावी गरे ।

अध्यक्ष पहारीले मुलुकलाई विभाजन हुनबाट बचाउन, विखण्डनकारी शक्तिहरुलाई परास्त गर्नका निम्ति एकमात्र राष्ट्रवादी शक्ति नेकपा एमालेलाई विजयी गराउन सबै मतदाताहरुलाई आह्वान गरे ।