काठमाडौं, ९ जेठ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा २०७४ जेठ ४ गते मन्त्रिपरिषद्बाट नियुक्ति पाएका भवानी वराललेको योग्यतामाथि प्रश्न उठाउँदै पत्रकार वैकुण्ठ भण्डारीले सो नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा आज २०७४ जेठ ९ गते रीट दायर गरेको खबर छ ।
आफूलाई पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान दिएको व्यक्ति भनी झुठा र बनावटी टिप्पणी सूचना तथा सञ्चार मन्त्रीलाई उठाउन लगाई सोही सिफारिसका आधारमा नियुक्ति लिन सफल भएका भवानी वरालको नियुक्तिका विषयमा भोलि(२०७४ जेठ ९ गते) नै सर्वोच्च अदालतमा बहस हुने भएको छ ।
प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) मा काउन्सिलको अध्यक्षको बन्न सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको व्यक्तिहरु मध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष हुने कानूनी प्रावधानलाई लत्याउंदै बराललाई सो नियुक्ति गरेको रिट निवेदनमा दावी गरिएको छ ।
प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) (क) को योग्यता नै नपुगेका व्यक्तिलाई नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्वाचन आचार संहिता लागेको र आयोगले निर्वाचनपछि मात्र नियुक्तिका लागि स्वीकृति प्रदान गरेकोमा सो को समेत अवज्ञा गरी हतार हतारमा प्रेस काउन्सिलको अध्यक्ष पदमा स्वेच्छाचारी रुपमा र कानून विपरीत मनोनित गरेको रिटमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया