काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आज विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री दाहालले दिउँसो १ बजे संसद बैठकमा विशेष सम्बोधनका लागि संसद सचिवालयसँग समय माग गरेको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गरेर राजीनामा दिने चर्चा चलिरहेका बेला विशेष सम्बोधनको माग भएको हो ।
सम्बोधनका बेला प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो अवस्था, स्थानीय तहको निर्वाचनमा भएको सहयोग, बजेट लगायतका विषयमा आफ्ना धारणा राख्ने बुझिएको छ ।











प्रतिक्रिया