काठमाडौं, ९ जेठ । सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय संविधान र निर्वाचन आचार विपरित गरेको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा आज हँगामा गर्ने भएको छ ।
बिहान एघार बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने संसद बैठकमा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयको विरोध गर्ने एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
‘हामी सधै विधिको शासनको पक्षमा छौँ’, उनले भने, ‘सरकारले निर्वाचन चलिरहेका बेला बीचमा आएर स्थानीय तहको संख्या बढाउने निर्णय गरेर संविधान र विधिको शासनको खिल्ली उडाएको छ ।’
एमालेले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिँदासम्म आजको सदन चल्न नदिने रणनीतिमा रहेको छ । एमालेले बैठकमा महाभियोग प्रस्ताव फिर्ताका लागि पनि दवाव दिनेछ ।











प्रतिक्रिया