३१ आश्विन २०८३, शनिबार

कञ्चनपुरमा पेट्रोल र डिजेलमा ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ९ जेठ । तपाई पेट्रोल वा डिजेल आफ्नो सवारी साधनमा हाल्न जाँदै हुनुहुन्छ भने होस् गर्नुस् तपाई ठगिन पनि सक्नु हुन्छ ।

यस्तै भयो, आइतबार दिउँसो गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय धनगढीको अनुगमन टोलीले गरेको अनुगमनका क्रममा झलारीस्थित त्रिलोचन आयल स्टोरमा उपभोक्तालाई ठगी गर्दै डिजल बिक्री वितरण गरीरहेको पाइएपछि सिलबन्दी गरिएको छ । सो पेट्रोल पम्पले उपभोक्तालाई बिक्री वितरण गर्दै आएको डिजलमा १० लिटरमा ६५ देखि ७० मिलिलिटर कम डिजल बिक्री वितरण गरिरहेको भेटिएको हो ।

यसरी उपभोक्तालाई बिक्री वितरण गर्दै आएको डिजलमा परिमाणभन्दा कम बिक्री गरेको पाइएपछि सो पेट्रोल पम्पको एउटा नोजलमा अनुगमन टोलीले सिलबन्दी गरेको अनुगमन टोलीका संयोजक तथा गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय धनगढीका प्रमुख निरीक्षक प्रेमराज कलौनीले जानकारी दिए ।

त्रिलोचन ट्रेर्डसले पाँच सँय लिटर डिजेल बिक्री गर्दा ३५ लिटरभन्दा कम तेल दिने गरेको अनुगमन टोलीका प्रमुख कलौनीले जानकारी दिए ।
डिजल तथा पेट्रोल गरी २ वटा नोजल रहेको सो पेट्रोल पम्पमा पेट्रोल भने मापदण्ड अनुसार नै बिक्री गरिरहेको पाइएको र डिजलको नोजललाई चेक गर्दा मापदण्ड विपरीत डिजल फालिरहेको पाइएकाले अहिलेलाई केही दिनका लागि एउटा नोजलबाट बिक्री वितरण बन्द हुने गरी सिलबन्दी गरिएको कलौनीले बताए ।

सो पेट्रोल पम्पलाई मूल्यसूची अपडेट गरी सबैले देख्ने ठाउँमा राख्न र कम डिजल फाल्ने पम्पको आवश्यक प्रक्रियाका लागि २ दिन भित्र गुणस्तर तथा नापतौल विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

पेट्रोेल पम्प सञ्चालक नरेश पन्तले भने उपभोक्ताहरूलाई ठग्ने नियतले यस्तो नगरिएको बताएका छन् । उनले भने, ‘प्राविधिक त्रुटि भएको हुन सक्छ आफुले जानी जानी यस्तो नगरेको वताए ।, समय समयमा हामी चेक जाँच गर्दछौ त्यस्तो केही भेटिएको थिएन । उपभोक्ताहरूलाई ठग्ने नियतले यस्तो नगरिएको पन्तले दावी गरेका छन ।’

गुणस्तर तथा नाप तौल विभाग क्षेत्रिय कार्यालयका प्रवक्ता वविता शर्माका अनुसार यसरी उपभोक्ता ठग्ने पेट्रोल पम्पका संचालकलाई कालो वजारी ऐन २०२५ र नियमावली २०२७ बमोजिम आवश्यक अनुसन्धानका लागी छानविन समिति गठन गरी स्थलगत अनुगमन गरिने र पहिलो पटकलाई बढीमा १ महिना बिक्री वितरण पूर्णरुपमा वन्द गरिने जानकारी दिनु भयो ।

त्यसैगरी, अनुगमन टोलीले कञ्चनपुरस्थित देव आशिष आयल स्टोर दैजी, जय अम्वे आयल स्टोर सुडा, शिवशक्ति आयल, महाशक्ति आयल र पाण्डेय आयल स्टोरमा पनि अनुगमन गरेको थियो । ती आयल स्टोरमा खासै कैफियत नभेटिएकाले सामान्य निर्देशन मात्र दिइएको छ ।