१ कार्तिक २०८३, आइतबार

मुंबई इंडियन्स फाइनल प्रवेश, अब मुम्बई–पुणेबीच अन्तिम भिडन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ६ जेठ । मुम्बई इंडियनसले कोलकाता नाइट राइडर्सलाई पराजित गरेर आइपीएलको फाइनलमा स्थान बनाएको छ ।

बैंगलोरमा शुक्रबार राति भएको क्वालीफायर क्रिकेटमा रोहित शर्मा नेतृत्वको मुंबई इंडियन टीमले गौतम गंभीर नेतृत्वको कोलकाता नाइट राइडर्सलाई पराजित गरेको हो । मुम्बई इंडियन्स र राइजिंग पुणे सुपरजाइंटबीच २१ मेमा हैदराबादमा फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

मुंबई इंडियन्सले ६ विकेटले म्याच सजिलै जितेको हो । ५.३ ओभर बाँकी रहँदै मुम्बई इंडियन्सले लक्ष्य पूरा गरेको थियो । मुंबईका लागि सबैभन्दा धेरै ४६ रन क्रुणाल पांड्याले बनाए । क्रुणालका अलावा कप्तान रोहित शर्माले पनि २६ रन बनाए ।

यसअघि कर्ण शर्मा र जसप्रीत बुमराको बेजोड बलिङका कारण मुंबई इंडियंसले शुक्रबार बेंगलोरमा आईपीएलको दोस्रो क्वालीफायर म्याचमा कोलकाता नाइट राइडर्सलाई १८.५ ओभरमा १०७ रनमा समेटिएको थियो । टस जीतेको मुम्बई इंडियन्सले फिल्डिङ रोजेको थियो । – एजेन्सी